६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ललिता निवास जग्गा प्रकरणका आरोपितविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अनुमति


1.508k
Shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणका आरोपितविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई सो प्रकरणमा संलग्नविरुद्ध किर्तेका साथै संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।

गत साता ब्युरोले सो प्रकरणमा जोडिएकाविरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी महलमा अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको थियो । त्यसयता ९ जना पक्राउ परिसकेका छन् ।

अदालतको यो अनुमतिसँगै आरोपितहरूलाई कीर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न बाटो खुलेको छ । किर्तेमा २५ दिनभित्र अनुसन्धान टुंग्याएर मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्छ । तर‚ संगठित अपराधमा अनुसन्धान गरी मुद्दा लैजान ६० दिनको समय रहन्छ ।

जिल्ला अदालत काठमाडौंले उनीहरुमाथि अनुसन्धान गर्न ७ दिनको म्याद दिएको छ ।