२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जसपाले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने


91
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ ।

हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनि डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको हो ।

काठमाडौंको माइतीघर मण्डलामा असार २० गते बुधबार दिनको १ बजे पार्टीका नेता, कार्यकर्ता लगायत आम नागरिकहरुलाई जातीय विभेदविरुद्धको आन्दोलनमा सहभागि हुन आव्हान गरेको छ ।

कार्यक्रम पार्टी सम्बद्ध शिल्पी⁄दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मूक्ति संगठनको आयोजनामा हुने बताइएको छ ।