
परासी । नवलपरासीको बर्दघाट बजारमा ग्यास लिक हुँदा भएको आगलागीबाट भएको छ ।
चार वटा पसलमा भएको आगलागीबाट ३७ लाख ५ हजार बराबरका सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
स्थानीय बम बहादुर थापाको २ तले घरमा सटर भाडामा लिई बस्ने आशिष फोटो स्टुडियोभित्र खाजा बनाउने क्रममा मंगलबार दिउँसो सिलिन्डरबाट ग्यास लिंक भई आगलागी भएको हो ।
आगलागीबाट आशिष फोटो स्टुडियो पूर्ण रूपमा क्षति भएको छ । आगो निभाउनेक्रममा फोटो स्टुडियोका सञ्चालक आशिष चौधरी घाइते भएका छन् । त्यसैगरी आगलागीबाट पर्बत युनिक फेन्सी, रबिन फार्मेसी र जेके सैलुनमा आंशिक क्षति भएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।
स्थानीय दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्