
web pic
झापा । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका ६ निवासी १५ वर्षीय बालक विजय सरदारको चट्याङ लागेर मृत्यु भएको हो ।
त्यस्तै, चट्याङकै कारण अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ । खजुरगाच्छीस्थित मोहमद आसामुदीन मियाको खेतमा बुधबार बिहान धानको बीऊ उखेल्न गएका बालकलाई चट्याङ लागेको थियो ।
चट्याङ लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले बताउनुभयो ।
चट्याङ लागेर अन्य दुई जनाको नाम भने खुल्न बाँकी छ । १६ वर्षीय मनिजुर आलम र २० वर्षीय सिकन्दर आलम घाइते भएका छन् । घाइते हुनेहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्