१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘प्रेम गीत ३’ डिशहोममा प्रदर्शन हुँदै


39
Shares

काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा प्रर्दशन हुने भएको छ ।

विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्ने डिशहोमले जनाएको छ ।

“प्रेम गीत ३” यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुने छ । यस्तै, डिशहोमको एक्सभिओडीमा पनि यो चलचित्र उपलव्ध हुने छ ।

एक्सभिओडीमा यो चलचित्र उपलव्ध भएपछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । एक्सभिओडी डिशहोमको सेटटप वक्समा उपलव्ध रहेको फिचर हो ।

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफूले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।