
काठमाडौं । इंग्ल्याण्ड र स्पेन २१ वर्ष मूनीको युरोकप फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।
जर्जीया र रोमानियामा संयुक्तरुपले आयोजना भइरहेको प्रतियोगिताको सेमिफाइनलमा इजराइललाई ३–० ले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो ।
जर्जीयाविरुद्धको खेलमा इंग्ल्याण्डलाई विजयी गराउन र्मोृन गिब्स ह्वाइट, कोले पाल्मर र क्यामरुन आर्चरले एक एक गोल गरे । जितसँगै इंगल्याण्डको २१ वर्षमूनीको टोलीले स्पेनविरुद्धको फाइनल भिडन्त तय गरेको छ ।
प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा युक्रेनलाई ५–१ ले हराउँदै स्पेन फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल यही शनिबार जर्जीयाको बातुमी शहरमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्