९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


किन पोखराबाट लेखनाथ अलग हुन चाहन्छ ?


14.56k
Shares

पोखरा । लेखनाथ नगरपालिका पुनस्थापना माग गर्दै लेखनाथवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा बुधबार आयोजित समारोहबीच सो हस्ताक्षर अभियान सुरु भएको हो । संघ स्थापना दिवस अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि उपस्थिति थियो । उनकै सामुन्ने लेखनाथवासीले अभियान सुरु गरेका हुन् ।

पोखरा महानगरपालिकाबाट छुट्याएर साबिकको लेखनाथ नगरपालिका पुनस्थापनाको माग गर्दै आफूहरूले अभियान सुरु गरेको सो अभियानका एक सदस्य सन्दीप पौडेलले बताए ।

विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले लेखनाथ क्षेत्रलाई सधैं पछि पारेकाले आफूहरू साबिकको लेखनाथ पुनस्थापनाको मागसहित अघि बढेको उनी बताउँछन् ।

पोखरा महानगरमा गाभिएपछि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रममा पटकपटक चरम बेवास्ता गरिएको र पछिल्लो समय लेखनाथलाई डम्पिङ साइट बनाइएको लेखनाथवासीको गुनासो छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।