
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक शुक्रबार पनि बस्दैछ ।
बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा बिहान ११ बजेबाट शुरु हुनेछ ।
बिहीबारबाट शुरु भएको भेलामा शुक्रबार पनि जिल्लाका सभापतिहरुले आफ्ना धारणा राख्नुहुनेछ । बिहीबार २८ जना सांसदहरुले आफ्ना धारणा राखेको महामन्त्री गगनकुमार थापाले बताउनुभयो ।
अब शुक्रबार बाँकी जिल्ला सभापतिहरुले आफ्ना धारणा राख्नुहुनेछ । भेलामा उपस्थित जिल्ला सभापतिहरुले आगामी केन्द्रिय समितिलेसबै समस्यालाई हल गरेर लैजान सुझाव दिएका छन् । बैठकमा जिल्ला सभापतिहरुले नेपाली कांग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रश्तुती र प्रगतिको समीक्षा गर्दै बढी भन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन् ।
पार्टीका नेताहरु भ्रष्टाचारको मुद्दामा जोडिएका, आरोपित भएको विषयमा कठोर रुपमा उभिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्