१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोशीमा मुख्यमन्त्री थापाले लिए शपथ, सुनुवार र जवेगु बने मन्त्री


1.222k
Shares

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त हुनुभएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

बिहीबार साँझ मुख्यमन्त्री नियुक्त हुनुभएको थापाले शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङसँग शपथ लिनुभएको हो ।

प्रदेश प्रमुख खापुङ्ले उहाँलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थनमा थापा मुख्यमन्त्री बन्नु भएको हो ।

थापाले शुक्रबार नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएको छ । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त हुनु भएको छ । मन्त्रीद्वयले पनि शुक्रबार नै शपथ ग्रहण गर्नु भएको छ ।