
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् ।
सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमाले र राप्रपा अदालत पुग्ने भएका हुन् ।
सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको थियो । बहुमत अर्थात् ४७ सांसदको समर्थन आवश्यक भए पनि सभामुख गौतम बाहेक उनीहरूसँग ४६ मात्रै सांसद थिए । माओवादी केन्द्रबाट निर्वाचित सभामुख गौतमलाई गठबन्धनले सरकार गठनमा प्रयोग गरेको हो ।
सभामुखलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त हुनुभयो । एमाले र राप्रपाले भने सभामुख तटस्थ रहने भएकोले बहुमत मा जोडेर लानु संविधान विपरीत हुने तर्क गरिरहेका छन् ।
मुख्यमन्त्री थापाले शुक्रबार बिहान शपथग्रहण गरी कार्यभार सम्हाल्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्