
काठमाडौं । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइलएप ‘डिशहोम गो’ सञ्चालनमा ल्याएको छ ।
हाल सेटअप वक्समा मात्र सीमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो ।
१५० बढी लाईभ टिभी च्यानल यो एपमा हेर्न सकिने कम्पनीले जनाएको छ । सात दिनसम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्ट हेर्न छुटेमा सात दिन अगाडिसम्मको कन्टेन्ट फेरि हेर्न सकिने कम्पनीले जनाएको छ ।
डिशहोमले आफ्ना ग्राहकलाई मात्र उपलब्ध गराइरहेको यो एप हाल सम्पूर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्