
काठमाडौं । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक सुरु भएको छ ।
बैठक शनिबार एकीकृत नेकपा समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको छ ।
बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ ।
नेकपा (माओवादी केन्द्र),जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्