१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा


533
Shares

काठमाडौं । शनिबार दिउँसोदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार बिहानदेखि सञ्चालनमा आएको छ ।

सडकखण्डको कालीखोलामा गएको पहिरो पन्छाएपछि आइतबार बिहानदेखि सडक दुईतर्फी खुलेको हो ।

सडक खुलेपछि रोकिएका सवारी साधनहरु गन्तब्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीले सो सडकखण्डको अवस्था बुझेर मात्र यात्रा गर्न पनि अनुरोध गरेको छ ।

यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यस सडक हुँदै दैनिक हजारौ सवारीसाधन आउजाउ गर्ने गर्दछन्।

पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।