
काठमाडौं । प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको छ ।
आइतबार दिउँसो १ बजे बोलाइएको बैठक प्रधानमन्त्रीको पुष्पकमल दाहालको अनुरोधमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछि बस्ने गरी बैठक सार्नु भएको छ ।
।
आइतबार दिउँसो १ बजे बस्न लागेको बैठक प्रधानमन्त्रीको आग्रहमा ३ बजेका लागि सारिएको हो । शीर्ष नेताहरुबीच छलफल भइरहेको समयमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई फोनबाट बैठक दुई घण्टा परा सार्न आग्रह गर्नु भएको हो ।
संसदको गतिरोध अन्त्य गर्न र एमालेले संसदमा उठाएका मागको सन्दर्भमा छलफल गर्न आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्ष एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा बसेका छन् ।
एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनले संसदमा फेस गर्ने निर्णय गरेका छन्।
प्रतिक्रिया दिनुहोस्