२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धनकुटामा बक्सिङ्ग खेलाडीलाई सम्मान


169
Shares

धनकुटा ।ओखलढुङ्गामा भएको कोशी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई बक्सिङ संघ धनकुटाले सम्मान गरेको छ ।

सम्मानित हुनेमा स्वर्ण पदक विजेता शर्मिला आलेमगर, रजत पदक विजेता हाङसवा लिम्बू र कास्य पदक विजेता सञ्जय आले तथा नेगिन्द्र थापा मगर रहेका छन् । जिल्ला बक्सिङ संघ धनकुटाका सचिव कुमार बस्नेतले बक्सिङका प्रशिक्षक किशोर लिम्बूलाई पनि सम्मान गरिएको जानकारी दिनुभयो ।

कोशी प्रदेश स्तरिय बक्सिङ प्रतियोगितामा धनकुटाको नाम राख्न सफल भएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको बक्सिङ संघ धनकुटाका अध्यक्ष विदुर खवासले बताउनु भयो ।