२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित


559
Shares

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक नबस्दै सूचना टासेर सारिएको छ ।

संघीय संसद् सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार दिउँसो ३ बजेका लागि सारिएको जनाएको छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि सार्नुभएको थियो । फेरि प्रधानमन्त्रीकै आग्रहमा सोमबार दिउँसो ३ बजे सारेको छ ।

प्रधानमन्त्री दाहालले अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक अवरोध गरिरहेको छ ।