
एजेन्सी । भारतको नयाँ दिल्लीमा यो बर्षकै भीषण बर्षा भएको छ ।
मौसम विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दिल्लीमा १ सय ५३ मिलिमिटर बर्षा भएको छ ।
बर्षाले देशमा बिनाश निम्तन सक्ने भन्दै सचेत रहनका लागि सरकारी कर्मचारीहरुलाई आइतबारको बिदा समेत रद्द गरिएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बर्षाबाट हुनसक्ने क्षतिको न्युनिकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिंदै आइतबारको बिदा रद्द गरिएको जानकारी दिनुभयो । साथै उहाँले मन्त्री र दिल्लीका मेयरलाइ बर्षा प्रभावित क्षेत्रहरुको भ्रमण गर्न समेत निर्देशन दिनुभयो ।
बर्षाका कारण सयौं घर जलमग्न भएका छन् । बर्षा प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । दिल्लीमा हालै भएको बर्षा सन् १९८२ को जुलाई यताकै उच्च हो ।
प्रतिक्रिया दिनुहोस्