८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मिटरब्याजीको जालो देशव्यापी


1.079k
Shares

काठमाडौं । अनुचित लेनदेन कारोबारी (मिटरब्याजी) को जालो देशव्यापी फैलिएको छ । हालसम्म देशभरका ५३ जिल्लाबाट मिटरब्याज पीडितले २३ हजार ९ सय ४८ उजुरी दर्ता गराएका छन् । सबैभन्दा बढी मधेस प्रदेशमा १८ हजार ९१ र सबैभन्दा कम कर्णाली प्रदेशमा १ सय ५१ उजुरी परेको पाइएको हो ।

नेपाल सरकारले मिटरब्याजीको वास्तविकता पत्ता लगाउन पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी जाँचबुझ आयोग गठन गरेर थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गठन भएको उक्त आयोगले पीडितहरूको संख्या र हालसम्म भएका कामको फेहेरिस्त बुझाएको छ ।

प्रतिवेदनअनुसार अनुचित लेनदेन कारोबारीको जालो ५३ जिल्लामा फैलिएको छ । आयोगले हालसम्म आएका उजुरीको अध्ययन गरी कतिपय उजुरीहरूको हिसाबकिताब चुक्तासमेत भइसकेको जनाएको छ । आयोगका अनुसार उजुरी परेकामध्ये हालसम्म ३ हजार ३ सय ३९ उजुरीउपर छलफल भई १ हजार ३ सय ८५ वटा उजुरी फछ्र्यौट गरिएको छ । फछ्र्यौट भएका उजुरीबाट ७६ करोड ५९ लाख ६८ हजार ९ सय ७३ रुपियाँको हिसाबकिताब चुक्ता भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।