२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रिय सभाको बैठक आज बस्दै


78
Shares

काठमाडौँ । राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ । बैठक सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको हो ।

राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक२०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने कार्यतालिका तय छ । जसअनुसार बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने बताइएको छ । एमाले अवरोध खोल्न तयार नभए सोमबार पनि बैठक अघि नबढ्ने पक्का छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आइतबारसम्मको लागि बैठक स्थगित भएको थियो । गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गर्दै आइरहनु भएको छ ।