१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तपस्वी बम्जनले कब्जा गर्दै आएको सिन्धुली कमलामाईको वन स्थानीयले लिए र्फिता


14.417k
Shares

सिन्धुली । तपस्वी रामबहादुर बम्जनको समूहले कब्जा गर्दै आएको सिन्धुलीको कमलामाईको जंगल क्षेत्र स्थानीयले आफ्नो नियन्त्रणमा लिएका छन् ।

बम्जन र उनका अनुयायीहरुले जबर्जस्ती कब्जा गरेर आश्रयस्थल बनाउँदै आएको जंगल फिर्ता लिएको स्थानीय दलबहादुर घलानले बताउनुभयो ।

केही समय अघिदेखि पहरे आसपासको क्षेत्रमा बसोवास गर्ने स्थानीयहरु बम्जनको आश्रमका कारण पीडित बनेको भन्दै आन्दोलनमा थिए ।

जिल्ला प्रशासन कार्यलयमा बम्जन पक्ष र स्थानीयहरु कमलामाईको वडा नम्बर ८ को पहिरे जंगल क्षेत्र स्थानीयलाई फिर्ता गर्ने सहमति भएको हो ।

पहिरेस्थित जंगलभित्र १५ रोपनी क्षेत्रफलमा बम्जनको आश्रम रहेको छ ।