१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समाजवादको बाटो प्रधानमन्त्री दाहालको नेतृत्वमा शुरु भइसक्यो : मन्त्री किराँती


338
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताउनुभएको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? भन्नेकुराको अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैँले गर्नुपर्ने बताउनु भयो । नेपाली समाजलाई समाजवादमा पुर्‍याउने काम अहिलेको नेतृत्वले गर्नुपर्ने बताउनुभयो ।

उहाँले भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो शुरु हुने र सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा शुरु भइसकेको बताउनुभयो ।