
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी नयाँ संसद भवन निर्माण कार्य अघि बढाउन निर्देशन दिनुभएको छ ।
सोमबार निर्माणाधिन संसद भवनको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद भवनबाट नै गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
सिंहदरबारस्थित संघीय संसद भवनको निर्माण कार्यलाई युद्धस्तरमा अगाडि बढाउनसने हिउँदे अधिवेशनदेखि नयाँ संसद भवनबाटै संसदीय गतिविधि अघि बढाउन आग्रह गर्नुभयो । उहाँले संसदको हिउँदे अधिवेशन नयाँ भवनबाटै गर्न सकियोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै सोही अनुरुप कामको गति बढाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले संसद भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशको गौरवको कुरा भएको बताउनुभयो । भवन निर्माणमा कुनै पनि गलत कुरामा सम्झौता नगर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भवन निर्माणका क्रममा आइपर्ने समस्याहरुको समाधान गर्न सरकारको सहयोग हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्