
काठमाडौं । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले कमजोरी स्वीकार गरी संसदलाई सम्बोधन गर्नेगरी शीर्ष तीन राजनीतिक दलका नेताहरुको बैठक सकिएको छ ।
सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको बैठकले प्रधानमन्त्रीलाई दाहाललाई पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न दिनेगरी बैठक सकिएको हो ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालबीच बैठक बसेको थियो ।
बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिका बारेमा स्पष्ट पार्ने सहमति भएको बताइएको छ । प्रधानमन्त्रीले कमजोरी स्वीकार्ने र एमालेले संसद अवरोध नगर्ने सहमति जुटेको बताइएको छ । प्रतिनिधि सभाको बैठक केही बेरबाट शुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्