२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा सोमबार पनि सुनुवाइ भएन


416
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति विरुद्धको सुनुवाइ सोमबार पनि हुन सकेन ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सोमबार दोस्रो दिन पनि सुनुवाइ हुन नसकेको हो ।

रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएकोमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

आइतबार पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले गत शुक्रबार बारेसमार्फत मुख्यमन्त्रीविरुद्ध रिट निवेदन दर्ता गराउनुभएको थियो ।