
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद कोईरालाले अधिवेशनबाट नै सभापति बनाएको भन्दै कार्यकाल पूरा नहुन्जेलसम्म कुर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले पार्टी सभापतिले पार्टीका कामकारबाही चित्त बुझ्दो नभएको भन्दै टिप्पणी आइरहेको भन्दै केही हदसम्म टिप्पणी सही भएको बताउनुभयो ।
फरक प्रसंगमा नेता कोईरालाले प्रधानमन्त्रीसँग बहुमत भएकाले अपदस्थ नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्