८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सरकारलाई ४ खर्ब बजेट अपुग

राजस्वले तलबभत्ता खुवाउनै मुस्किल, एकै दिन ४१ अर्बभन्दा बढी भुक्तानी

2.912k
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष सकिने बेलामा एकै दिन ४१ अर्ब रुपियाँभन्दा बढीको भुक्तानी गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको अन्तिम भुक्तानी गर्ने दिन आइतबारमात्रै ४१ अर्ब ६८ करोड ३९ लाख रुपियाँ भुक्तानी दिएको थियो । महालेखाले आइतबार राति १२ बजेपछि सरकारको सबै भुक्तानी रोकेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सरकारले भुक्तानी रोक्नुपर्ने हुन्छ ।

आइतबारसम्म कुल बजेट ७६ दशमलव ६४ प्रतिशत मात्रै खर्च भएको छ । जेठ मसान्तसम्म कुल ११ खर्ब ७३ अर्ब ५ करोड ५० लाख रुपियाँ अर्थात् विनियोजित बजेटको ६५ दशमलव ४१ प्रतिशत मात्रै खर्च भएकोमा असार २४ गते १३ खर्ब ७४ अर्ब ५७ करोड ८१ लाख रुपियाँ खर्च भएको छ ।

जबकि अघिल्लो दिनसम्म १३ खर्ब ३३ अर्ब ७ करोड ४२ लाख रुपियाँ खर्च भएको थियो । सरकारले अघिल्लो दिनमा चालू ९ खर्ब ८३ अर्ब ३८ करोड १२ लाख रुपियाँ खर्च गरेकोमा आइतबार १० खर्ब १ अर्ब ८२ करोड ४४ लाख रुपियाँ पुर्‍याएको छ । एक दिनमा चालू खर्चतर्फ १८ अर्ब ४४ करोड रुपियाँ खर्च गरेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।