१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क घटाउन माग


1.768k
Shares

काठमाडौं । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ ।

संघका अध्यक्ष पवन कुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार भेटेर पार्किङ शुल्क घटाउन माग गरेको हो ।

पोखराकै पुरानो विमानस्थल भन्दा झन्डै २१ गुणा महँगो शुल्क लिएको भन्दै उद्योग वाणिज्य संघले यस्तो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको छ ।

विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा व्यवस्थित पार्किङ अपरिहार्य हुने र सेवा सस्तो, सुलभ एवं नागरिकमैत्री हुनुपर्नेमा संघले जोड दिएको छ ।

राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा–सुविधा अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्नेमा पनि संघले जोड दिएको छ ।