२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वडा नै नभएको ठाउँमा बजेट विनियोजन गरेको भन्दै सांसदको आपत्ति


364
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चितवनको माडीमा ९ वटा वडा रहेको तर केन्द्र सरकारबाटै १० औं वडामा बजेट विनियोजित गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले देश संघीयतामा गइसकेपछि पनि केन्द्रबाट नै लाखको योजनाहरु गइरहेकोप्रति उहाँको असन्तुष्टि थियो । उहाँले बिरामीहरुको उपचारलाई सहज बनाउनेतर्फ सरकार लाग्नुपर्ने बताउनु भयो । उहाँले निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य रावलले औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।