
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा हुने डुराण्ड कप फुटबल प्रतियोगिता खेल्ने भएको छ ।
एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको डुराण्ड कपमा २७ वर्षपछि विदेशी क्लब सहभागी हुँदा नेपालबाट आर्मीले खेल्न लागेको हो । प्रतियोगितामा भुटान र बंगलादेशका एक–एक टिम पनि सहभागी रहने छन् । डुराण्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल महासंघ (एआईआईएफ) को आयोजनामा हुने प्रतियोगितामा इन्डियन सुपर लिग (आईएस), आई लिगका क्लबसहित कूल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
विभागीय टोली आर्मी रहेको समूह आईएसएल क्लब हैदरावाद एफसी र चेन्नाइयीन एफसी तथा आई लिगको दिल्ली एफसी रहेको भारतीय अनलाइन खेलनाउ डट कमले जनाएको छ । सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइनेछ ।
समूहका विजेता र उपविजेता नकआउट स्टेजमा पुग्ने छन् ।
प्रतियोगिता आगामी अगष्ट ३ देखि सेप्टेम्बर ३ सम्म कोलकतामा आयोजना हुनेछ । प्रतियोगिताको विजेताले ६३ हजार अमेरिकी डलर पुरस्कार पाउने छ ।
प्रतिक्रिया दिनुहोस्