१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


सरकार र निजी क्षेत्र मिलेपछि मात्र खेल क्षेत्रको प्रवर्द्धन हुन्छ : मन्त्री लिम्बु


39
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित लेखक नविन अर्यालको कृति नेपाली खेलकुदको वृत्तान्त पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले यस्तो बताउनुभएको हो । उहाँले नजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको भन्दै सबै मिलेर खेल क्षेत्रको विकासमा जुट्न आह्वान गर्नुभयो ।

मन्त्री लिम्बुले खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको बताउनुभयो ।