६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


हेलिकोप्टर दुर्घटनाको छानविन गर्न सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन


234
Shares

काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

मंगलबार अपरान्ह सिंहदरबारस्थित बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । त्यसैगरी बैठकले मिटरब्याज सम्बन्धि जाचबुझ आयोगको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको छ ।

सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा समेत गरेको छ । बरियताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको पनि मन्त्री शर्माले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य पनि तोकेको छ ।