१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई महानगरले गर्‍यो निलम्बन


4.368k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ ।

महानगरपालिकाभित्र विभिन्न समयमा सडक व्यापारीसँग अभद्र तथा अमानवीय व्यवहार गर्ने ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको र स्थायी सेवामा रहेका पाँच जनालाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख तथा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफ्नो ब्रिफिङका समयमा व्यापारीलाई अभद्र व्यवहार नगर्न आदेश दिएको भए पनि आदेशको पालना नगरी अभद्र तथा अमानवीय व्यवहार गर्ने तथा जनस्तरबाट आएका गुनासाको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गरिएको हो ।

यसअघि पनि व्यापारीलाई अमानवीय व्यवहार देखाउने १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकिएको पाण्डेले बताउनुभयो ।