१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


एनभीए पुरुष भलिबलमा टिपटप हेल्प नेपालद्वारा नेपाल प्रहरी ३–२ को सेटमा पराजित


663
Shares

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ नेपाल पुलिसलाई हराउँदै टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आज भएको खेलमा हेल्प नेपालले पुलिसलाई ३–२ को सेटमा हराएको हो । यसअघिका ३ खेलमा अपराजित रहेको पुलिसको लयमा ३ पाकिस्तानी खेलाडी समावेश हेल्प नेपालले ब्रेक लगाएको हो । १–१ बराबरी भपछिको तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्दै हेल्प नेपालले जितेको थियो ।

चौथो सेटमा सिल्ली मिस्टेकका कारण टिपटप १८ मा रोकिएको थियो । पाँचौं सेटमा ११–११ मा रहेको खेलमा पुलिसको ब्लक गर्दा हेल्प नेपालका खेलाडी एमलको पेट र हातमा बलले लाग्दा केही बेर खेल रोकिएको थियो । पाँचौं सेट २२ को सेटमा पुगेर लगातार २ उत्कृष्ट स्पाइक सहित हेल्प नेपालले खेल जितेको हो ।

हेल्प नेपालले आजको खेलबाट २ अंक बटुलेको छ भने पुलिसले हारमा पनि १ अंक बटुल्यो । यससँगै हेल्प नेपाल ११ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।