२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


झापाका स्थानीयले सडकमै धान रोपे


455
Shares

काठमाडौं । झापाका स्थानीयले सडकमै रोपाइँ गरेर ठेकेदार कम्पनीको विरोध गरेका छन् ।

ठेकेदार कम्पनीले समयमा बाटो नबनाएको भन्दै उनीहरुले सडकमै रोपाइँ गरेर विरोध जनाएका हुन् । ठेकेदारले बेवास्ता गरेका कारण सडकमा आउजाउ गर्न समस्या भोग्नुपरेको उनीहरुको आरोप छ ।

बिर्तामोड –३ मा रहेको नगर अस्पताल जाने सडक ठेकेदारले अलपत्र पारेर हिलाम्य भएपछि स्थानीयले विरोधस्वरुप सडकमै धान रोपेका हुन् । फागुन १५ गते ठेक्का पाएको ओमसाई निर्माण सेवाले असार ५ गते काम सक्नुपर्ने म्याद रहेको थियो । बिर्तामोड नगरपालिकाले ठेकेदार कम्पनीलाई दुई पटक लिखित चेतावनी दिइसकेको भएपनि ठेकेदारले अटेर गरेको बताइएको छ ।