२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कामले गति लिन्छ : मन्त्री लिम्बु


1.378k
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढ्ने बताउनुभएको छ ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

खेलकुदमन्त्री लिम्बुले नयाँ आर्थिक वर्षबाट धुर्मुस-सुन्तली फाउण्डेशनले सरकारको तर्फबाट दिने भनिएको १२ करोड रुपैयाँ अनुदान पाउने र सोही अनुसार रंगशाला निर्माणको काम पनि अघि बढ्ने बताउनुभयो । उहाँले यसअघि नै सरकारले १२ करोड रुपैयाँ रंगशाला निर्माणका लागि फाउण्डेशनलाई दिने भनिएपनि कानूनी झन्झटका कारण हुन नसकेको र आगामी आर्थिक वर्षबाट रंगशाला निर्माणको कामले गति लिने बताउनुभयो ।

खेलकुदमन्त्री लिम्बुले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला कुनै एक व्यक्तिले निर्माण गर्नसक्ने स्थिति नरहेको भएपनि निर्माण गर्न अघि सर्ने बेलामा सबैले हाइहाइ गर्दा अहिलेको अवस्था भोग्नुपरेको बताउनुभयो । उहाँले अहिलेको रंगशालाको समस्यालाई सकारात्मक रुपमा लिएको र आगामी दिनमा रंगशाला निर्माणको कामले गति लिने बताउनुभयो ।

मन्त्री लिम्बूले नयाँ आर्थिक वर्षबाट फाउण्डेशनले सरकारले घोषणा गरेको रकम पाउने बताउनुभयो ।