
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य क्षति न्यूनीकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको छ ।
सशस्त्र प्रहरी बलका सह प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार सशस्त्रको प्रधान कार्यालयसहित कोसीस्थित नं.१ बराह वाहिनी सुनसरी, नं. ६ महेश्वरी वाहिनी सुर्खेत, नं. ७ वैद्यनाथ वाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं.२० विपद् उद्धार उपत्यका गण काठमाडौं र नं. २४ कालिका गण कास्कीमा डोजर र लोडर गरी १३ वटा हेभी इक्युपमेन्टलाई तयारी हालतमा राखिएकोे छ ।
कोसी प्रदेशको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म गरी ३१ जिल्लाका ४४ वटा सशस्त्र प्रहरी बलको युनिटहरूमा १ सय ७ वटा मोटरबोट र र्याफ्टबोट तथा १४ जिल्लाका १७ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरूमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनरहरूसमेत तयारी हालतमा राखिएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्