
म्याग्दी । म्याग्दीमा पहिरोले लघु जलविद्युत परियोजनाको विद्युत गृह बगाएको छ ।
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा बिहीबार आएको पहिराले ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको पावर हाउस बगाएको हो ।
मरेनीस्थित विद्युत् गृहभन्दा माथिबाट खसेको पहिरोले विद्युत् गृहको भवन र विद्युतका उपकरणहरु बगाएर दरखोलामा मिसाएको छ । दुई वर्षअघि पनि बाढीले बगाएको परियोजनाको नहर, बाँध र विद्युत् गृह एक वर्षअघि मर्मत सम्भार गरेर गाउँमा बिजुली बालिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
पावर हाउस भएको ठाउँमा अहिले खोला बगेको छ । परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका तीनसय ६५ घरधुरीमा विद्युत आपुर्ति बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस्