१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी सहायक विदेश मन्त्री लु आज नेपाल आउँदै


195
Shares

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउँदै हुनुहुन्छ ।

एकदिने भ्रमणमा काठमाडौं आउन लाग्नु भएको सहायक विदेशमन्त्री लुले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी दूतावासले जुलाई १३ तारिकका फेसबुक पेजमार्फत लुको भ्रमणबारे औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

यसपटकको भेटमा उहाँले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेट्ने कार्यक्रम रहेको छ ।

अमेरिकी दूतावासका अनुसार उहाँले अमेरिकन चेम्बर अफ कमर्सको सदस्य संस्थासँग पनि भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न गरेको प्रयासको बारेमा जानकारी लिने बताइएको छ ।

लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।