१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विम्बल्डन टेनिसको फाइनलमा जोकोभिच र अल्कारेज प्रवेश


299
Shares

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच र स्पेनका कार्लोस अल्कारेज विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा इटालीका यानिक सिनरलाई ६–३ , ६–४ र ७–६ को सोझो सेटमा हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् । दोस्रो वरियताका खेलाडी जोकोभिच करियरमा २४ औं ग्राण्डस्लाम उपाधिको खोजीमा छन् ।

सर्वाधिक २३ ग्राण्डस्लामको उपाधि जितिसकेका जोकोचिलाई २२ ग्राण्डस्लामसहित स्पेनका रफाइल नदालले पछ्याईरहेका छन् । जोकोभिचले अब विम्बल्डनको फाइनलमा स्पेनका कार्लोस अल्कारेजसँग खेल्नेछन् । सेमिफााइनलमा रुसका डानिल मेदबेदेभलाई ६–३, ६–३ र ६–३ को सोझो सेटमा हराउँदै शिर्ष वरियताका अल्कारेज फाइनलमा पुगेका हुन् ।

यस्तै, महिलातर्फ शनिबार हुने फाइनल खेलमा ट्युनिसियाका ओन्स जबिउर र चेक गणतन्त्रकी मार्केटा भोन्द्रौसोभा भिड्नेछन् । यो खेल जसले जितेपनि विम्बल्डन प्रतियोगिता र ग्रान्डस्लाम टेनिसले नयाँ च्याम्पियन पाउनेछ ।