१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा एमालेको सचिवालय बैठक आज बस्दै


130
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक दिउँसो १ बजे बस्दैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठक पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्नेछ । बैठकमा सांगठानिक संरचना,केन्द्रिय नेताहरुको कार्यबिभाजन तथा समसामयिक राजनीतिक विकासक्रम लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रूपमा छलफल गर्नुभएको थियो । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरेपछि शनिबार सचिवालय बैठक बोलाइएको हो ।

शुक्रबार केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको थियो । महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको हो ।