१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज प्रतिनिधिसभाको बैठक बस्दै


169
Shares

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।

आइतबारको बैठकमा कानुनमन्त्रीले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

यस्तै, शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

यसैगरी राष्ट्रियसभामै उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० दफावार छलफलका लागि पेश गर्ने कार्यसूचि पनि रहेको संसद सचिवालयले जनाएको छ ।