१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै


260
Shares

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद आइतबार थाइल्याण्डको बैंकक जाँदै हुनुहुन्छ ।

परराष्ट्रमन्त्री साउद बैंककमा हुने बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन जान लाग्नु भएको हो । उहाँ आइतबार दिउँसो १ बजे थाई स्माइल एयरवेजको जहाजबाट प्रस्थान गर्नुहुनेछ ।

बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन् ।

मन्त्री साउद साउन २ गते सोमबार कार्यक्रम सकेर स्वदेश फर्किने कार्यतालिका रहेको मन्त्री साउदको सचिवालयले जनाएको छ ।