१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो खेल खेल्दै


2.054k
Shares

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आइतबार बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

एशियाडको तयारीमा रहेको नेपाली टोली गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानी तथा अनन्त थापाको प्रशिक्षणमा बंगालादेशमा रहेको छ । नेपालले बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका अन्तर्गत आइतबार दोश्रो खेल खेल्न लागेको हो ।

यसअघी गत बहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो । नेपालका लागि सावित्रा भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा नेपालको तर्फबाट बराबरी गोल फर्काएकी थिईन् ।

यसअघि गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले हारेको नेपाललाई यसपटक बंगलादेशलाई उसैको मैदानमा स्तब्ध बनाउँदै बदला लिने अवसर जुरेको छ ।