
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिनसक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।
आईतबार सिंहदरबारमा भएको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ र सुरक्षा निकायका पूर्व उच्च अधिकारीबीच शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री श्रेष्ठले आन्तरिक रुपमा सरकारी संगठनहरुलाई संस्थागत गरी सुदृढ बनउने काम सरकारले गरिरहेको बताउनुभयो । उहाँले मन्त्रालय विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ?, स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ?, र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताउनुभयो ।
उहाँले सरकारी कार्यालयभित्र अवाञ्छित चलखेलले भुमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्न निर्देशन दिनुभयो ।
मन्त्री श्रेष्ठले कर्मचारीको कार्यदक्षता प्रभावकारी नबनाइ काम गर भनेर परिणामको मात्रै अपेक्षा गर्न नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्