
काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।
संसद सचिवालयले सूचना निकालेर सांसदहरुलाई आगामी भदौ २८ गतेभित्र आर्थिक वर्ष २०७९/०८० को सम्पति विवरण बुझाउन आग्रह गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ मा संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्त विवरण बुझाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार संसद सचिवालयले सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन भनेको हो ।
सम्पत्ति विवरण बुझाउँदा सांसदले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा स्पष्ट उल्लेख गरी पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । सांसदहरुले संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा सम्पति विवरण पेस गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्