
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारीकर्मीका माग पूरा गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले सहकारी संस्था नियमन गर्ने शक्तिशाली संस्था बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘सहकारीकर्मीहरु आन्दोलनमा छन् । र केही सहकारीको कमजोरीको कारण देशका सयौँ सहकारीहरु आलोचित पनि भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने, सहकारीकर्मीहरु सँग सम्वाद गरेर, माग पूरा गरेर सम्बोधन गर्न म आग्रह गर्दछु । हरेक दुई वर्षमा नेपाली श्रमिकहरुको न्युनतम ज्याला तोकिने व्यवस्था छ । भोली साउन १ गतेदेखि तोकिनुपर्नेमा १५ हजार न्युनतम ज्यालालाई अभिवृद्धि गर्ने सन्दर्भमा सरकार, रोजगारदाता र श्रमिकहरुको प्रतिनिधिको बिचमा सम्वाद गरेर टुंगो पु¥याउनुपर्नेमा सरकारले टुंगो गरेको छैन ।’
शर्माले सहकारी पीडितहरु आन्दोलन गरिरहेका भन्दै उनीहरुको माग समबोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।उहाँले श्रमिकहरुकने ज्यालाबारे पनि सरकार,रोजगारदाता र सम्बन्धित निकाय छलफल गरेर टुंगोमा पुग्नु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्