१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली मार्फत


6.942k
Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली (इएफटी) मार्फत वितरण गर्न सुरु गरेको छ ।

‘इएफटी’ सेवा सुरु भएपछि सामाजिक सुरक्षा भत्ता सिधै लाभग्राहीको बैंक खातामा पठाउन थालिएको हो ।

आर्थिक वर्ष २०७९÷०८० मा चौंथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता इएफटी प्रणाली मार्फत वितरण गरिएको हो ।

यसअघि चालु आर्थिक वर्षको पहिलो, दोस्रो, तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता चेक मार्फत दिईएको थियो । वालिङ नगरपालिकामा सात हजार २८ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।

स्याङ्जाका ११ पालिका मध्ये वालिङ नगरपालिका इएफटि प्रणाली लागु गर्ने पहिलो पालिका भएको पालिकाका लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले जानकारी दिनुभयो ।