
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालको हवाइ यातायात असुरक्षित देखिएको उल्लेख गर्दै नेपालको नियामकीय असक्षमता भएको बताउनु भएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले दुर्घटनामा चालक र एयरलाइन्सलाई गल्ती देखाएर राज्यले उन्मुक्ति पाउनु नहुने बताउनु भयो । उहाँले एउटा पृथक, विशिष्टिकृत र सशक्त नियामक निकाय चाहिएको भन्दै सेवा प्रदायक र नियामक निकाय छुट्टाछुट्टै हुनुपर्ने बताउनु भयो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लामा विगत ३ वर्षमा ८ सय बढी भेडाहरु विभिन्न प्राकृतिक विपत्तिमा मरेपनि किसानले क्षतिपूर्ति नपाएका बताउनु भयो । उहाँले किसानलाई क्षतिपूर्ति भनि अरबौँ रुपैयाँ रकम जाने भएपनि पार्टीका कार्यकर्ताले लिने गरेका बताउनु भयो ।
उहाँले पार्टी कार्यकर्तालाई बजेट दिएर राज्यको चरम दुरुपयोग गरिएको भन्दै छानविन गरी कानूनी कठघरमा उभ्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्