७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना


2.808k
Shares

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ।

सोमबार देशभर आंशिक देखी सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र कर्णाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का देखी मध्ययम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै बांकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघ/गर्जनरचट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।

यस्तै, सोमबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका एक/दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बांकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघ/गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।