१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


आजबाट बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक


7.397k
Shares

काठमाडौं । नुवाकोटको बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा सोमबारदेखि फोहोर फाल्नमा स्थानीयले रोक लगाएका छन् ।

सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले सोमबारदेखि फोहोर विसर्जनमा अवरोध गडरेका छन् ।

बन्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई रोक स्थानीयले रोकेका हुन् । स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन् । यसैबीच, ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक सवारी साधनबाट १५ सय सम्म शुल्क लिने निर्णय गरेकोमा ककनी गाउँपालिकाविरुद्ध सर्वोच्चमा अदालतमा रिट दायर भएको छ ।

फोहोरमैला ब्यबस्थापन संघको तर्फबाट धनप्रसाद आचार्यले गाउँपालिकाको निर्णयविरुद्ध रिट दायर गरेका हुन । सो रिटको सोमबार पेशी तोकिएको छ । यस्तै, ककनी गाउँपालिकाको निर्णयविरुद्ध टोखा नगरपालिकाले पनि रिट दायर गरेको छ ।